क्रिश्चियन धर्मको अभिव्यक्तिले पर्यटनमन्त्री किराती विवादमा

मन्त्रीवाट हटाउन माग

क्रिश्चियन धर्मका विषयमा दिएको सार्वजनिक अभिव्यक्तिले पर्यटनमन्त्री सुदन किराँती विवादमा मुछिएका छन् । उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएपछि उनको आलोचना भएको हो । हिजो काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती किराँतीले प्रधानमन्त्री दाहालले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गर्दै जिसससँग तुलना समेत गरेका छन । उनले विश्वमा धार्मिक जनसंख्या ८५ प्रतिशत रहेको त्यसको ३० प्रतिशत क्रिश्चियन रहेको उल्लेख गर्दै ’संसारले मान्ने अनि हामीले नमान्ने’ भनेर प्रश्न पनि गरेका थिए । उनको अभिब्यक्ति सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनीविरुद्ध सर्वसाधारणदेखि राजनीतिज्ञले समेत प्रश्न उठाएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक संजाल फेसबुकमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता विथोल्ने मन्त्री किराँतीको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् । उनले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै किराँतीको अभिव्यक्तिको जवाफ माग गरेका छन् । त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने किराँतीलाई कारबाहीको माग गरेका छन् ।एमाले नेता गोकुल बासकोटाले मन्त्री किराँतीप्रति ब्यङ्ग गर्दै अन्य धर्मावलम्वीलाई थुन्ने जेल कत्रो बन्ने ? भन्दै कटाक्ष गरेका छन् ।सामाजिक सञ्जाल प्रयोगकर्ता अधिकांशले किराँतीको अभिव्यक्ति गैर जिम्मेवार भएको भन्दै तत्काल राजिनामाको माग गरेका छन् । अन्त्य दलका नेता र सर्वसाधारणले पनि सो अभिव्यक्ति निन्दनीय भएको बताएका छन । 
 

प्रतिक्रिया