सर्वोच्चका ६ जना न्यायाधीशको आज शपथग्रहण हुँदै, आजै कार्यभार सम्हाल्ने

सर्वोच्च अदालतका छ जना न्यायाधीशको आज शपथग्रहण हुँदैछ ।  सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनियताको सपथ  लिदै छन्  । उनीहरुलाई दिउँसो २ बजे शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले उनीहरुलाई हिजो न्यायाधीसमा नियुक्त गरेका थिए । सर्वोच्मा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल न्यायाधीस नियुक्त भएका हुन । राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गराएसँगै सर्वोच्च पुगेर न्यायाधीशहरुले आफ्नो कार्यभार सम्हाल्ने छन् । ६ जना न्यायाधीश थपिएसँगै सर्वोच्चमा अब २० न्यायाधीश हुनेछन् । सर्वोच्चमा अझै एक न्यायाधीशको पद रिक्त रहेको छ ।
 

प्रतिक्रिया