हमास र इजिप्सियन मध्यस्तकर्ताबीचको पहिलो दिनको वार्ता निस्कर्षविहीन

अन्तिम युद्धविराम नहुँदासम्म बन्दी नछाडने अडान

हमास र इजिप्सियन मध्यस्तकर्ताबीचको पहिलो दिनको वार्ता बिना निष्कर्ष सकिएको छ । हमासले अन्तिम युद्धविराम नहुन्जेलसम्म कुनै नयाँ बन्धी हस्तान्तरण सम्भव नरहेको अडान लिएपछि  वार्तामा प्रगति हुन नसकेको हो ।  यससँगै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले गाजामा तत्काल मानवीय विरामका लागि गर्ने भनिएको वार्ता पुनः सारेको छ । संयुक्त अरब एमिरेट्सले तयार पारेको खाकामा सम्पूर्ण बन्धीहरुको रिहा र दुई राज्य समाधान गर्ने उल्लेख छ । यसैबीच इजरायली सेनाले गाजा सहरमा हमासका शीर्ष नेताहरुले प्रयोग गर्ने सुरुङ सञ्जाल पत्ता लगाएको बताएको छ । सो सुरुङ सञ्जाल निकै विष्तृत रहेको भन्दै यसलाई इजरायली सेनाले भूमिगत आतंकवादी सहरको संज्ञा दिएको छ । गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुगेको छ। अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । यसैबीच वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ । गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् । अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमण पछि गाजा पट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थियो । जसमा इजरायली अधिकारीहरूकाअनुसार लगभग १ हजार २ सय इजरायलीहरूको ज्यान गएको छ । मृत्यु हुनेमा ८ हजार भन्दा बढी बालबालिका र ६ हजार २ सय बढी महिलाहरू छन् ।। 

इजरायल 

इजरायलले हमासको अन्त्य नगरेसम्म गाजामा युद्धविराम नहुने बताएको छ । इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको उन्मूलन नभएसम्म गाजामा युद्धविराम नहुने बताएका हुन् । बुधबार विज्ञप्ति निकालेर उनले निर्धारित सबै उद्देश्य हासिल नभएसम्म युद्ध जारी राख्ने बताएका हुन् । हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य इजरालयको उद्देश्य भएको उनको भनाइ छ । गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो गएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो ।  प्रधानमन्त्री नेतान्याहुले इजराइली सेनाले गाजामा ‘प्रत्येक स्थान’ मा हमासमाथि आक्रमण गरिरहेको बताए । हमास मात्रै नभई उसका नजिकका मित्रहरुमाथि पनि हाम्रो आक्रमण रहने भन्दै नेतान्याहुले युद्ध विरामका विरुद्ध कडा जवाफ दिएका हुन् ।। 
 

प्रतिक्रिया