प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजवाट शुरू
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आज शुरू भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौँस्थित कीर्तिपुर र मूलपानी रंगशालामा खेलहरू हुनेछन् । पहिलो दिन अहिले बागमती र मधेशबीच त्रिवि मैदान कीर्तिपुरमा प्रतिस्पर्धा भैरहेको छ । एपीएफ र सुदूरपश्चिमबीचको खेल मूलपानी मेदानमा जारी छ । यसैगरी, अर्को खेल दिउँसो १ः१५ बजे गण्डकी र लुम्बिनीबीच कीर्तिपुरमा र कर्णाली र कोशीबीच मूलपानी मैदानमा खेल हुनेछ । क्यानले यसअघि बुधबार एक कार्यक्रमबीच प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको थियो । १४ दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र विभागीय टोली एपीएफसहित आठ टोली सहभागी छन् । क्यानले प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन गर्न लागेको हो । ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । १४ दिन चल्ने प्रतियोगितामा ३२ खेल हुनेछ । राउन्ड रोबिन लिगपछि प्लेअफ, इलिमिनेटर र फाइनल खेल हुनेछन् ।
प्रतिक्रिया