एनसेल प्रकरणबारे लेखा समितिका सभापतिले दिएको अभिव्यक्तिप्रति राज्य व्यवस्था समितिको आपत्ति
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलको सेयर खरिदबारे प्रतिनिधिसभाका अन्य समितिले गरेको छलफललाई लिएर दिएको अभिव्यक्तिका विषयमा राज्यव्यवस्था तथा सुशासन समितिले विरोध जनाएको छ । कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापाले लेखा समिति सभापति पोखरेलको अभिव्यक्तिलाई गम्भीरतापूर्वक सभामुख सामु उठाउनुपर्ने बताएका हुन । सांसद थापाले लेखा समिति सभापतिले निम्न स्तरमा झरेर अर्को संसदीय समितिबारे टिप्पणीमा उत्रिएको भन्दै आलोचना गरेका हुन ।
पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एनसेल प्रकरणलाई कमजोर बनाउन अन्य समिति लागेको आरोप लगाएका थिए । लेखा समितिका सभापतिको यो आरोप राज्यव्यवस्था समितिमाथि रहेको थापाको भनाइ छ । एनसेलको सेयर खरिदबारे सार्वजनिक लेखा समितिको बैठक भने बस्न सकेको छैन ।
प्रतिक्रिया