ऊखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ कायम
सरकारले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ । आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो । जसमा प्रतिक्वीन्टल पाँच सय ६५ रुपैयाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले कृषकलाई अनुदान दिने छ ।
मन्त्रिपरिषद बैठकमा सरकारको एक वर्षको कार्यप्रगतिबारे समीक्षा पनि भएको छ । बैठकमा मुख्य सचिव बैकुन्ठ अर्यालले कामले गति लिन कतिपय प्रक्रिया र इच्छाशक्तिमा भएका समस्या देखिएको जानकारी गराएका छन ।
बैठकमा मुख्य सचिप अर्यालउले सरकारका कामका विषयमा निर्णय प्रक्रिया, ऐन, कानून निर्माणमा सुधार गर्नुपर्ने विषयमा अवगत गराएका थिए । आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक सिंहदरबारको मुख्य भवनको नयाँ कक्षमा बसेको हो । सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रोफिटिङ गरी पुननिर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा राखिएको हो ।
प्रतिक्रिया