नेप्सेमा ३५.३९ अंकले बृद्धि
शेयर बजारमा आज पनि दोहोरो अंकको सुधार देखिएको छ । लगातार सातौँ दिन आज बुधवार पनि शेयर बजार दोहोरो अंकले बढेको हो । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ३९ अंकले बढेर दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा पुगेको छ । कारोबार रकमले आज पछिल्लो एक वर्षयताकै कीर्तिमान तोडेको छ । आज एक करोड ९९ लाख ६३ हजार कित्ता शेयर सात अर्ब ९५ लाख रुपैयाँमा कारोबार भएका छन् । पछिल्लो एक वर्षभन्दा लामो समयदेखि कारोबार रकम सात अर्ब रुपैयाँ पुगेका थिएन । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड ३४ लाख र सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर उकालो लागेकोमा लगानी समूहको शेयर उच्च अंकले बढेको छ । आज १५ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल, हिमालयन डिस्टीलरी, फरवार्ड माइक्रो फाइनान्सइनआरएन इन्फ्राइस्टकचर, लिवर्टी इनर्जीको शेयर मूल्यपनि १० प्रतिशतले बढेको छ । बजार उच्च अंकले बढेको दिन आज सबैभन्दा धेरै कुमारी दीघार्यु बचत योजनाको शेयर भने झन्डै चार प्रतिशतले घटेको छ । आज कारोबारमा आएका १ सय ६१ कम्पनीको सेयर मूल्य बढेको छ । ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँचको स्थिर रहेको छ ।
प्रतिक्रिया