प्रधानमन्त्रीले एनसेल प्रकरणमा भएको भ्रष्टाचार ढाकछोप गर्न खोजे: लेखा समिति सभापति
संसदको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल प्रकरणमा भएको भ्रष्टाचार ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा उनले प्रधानमन्त्री दाहालले कार्य क्षेत्रभन्दा बाहिरको समितिमा गएर जनतामा भ्रम छर्न खोजेको भन्दै जनतालाई सचेत हुन आग्रहसमेत गरेका हुन् । फेसबुकमा उनले सरकारी सुण्ड मसुण्डहरू सार्वजिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोड बनाउन र भ्रष्टाचारलाई छोप्न लागेको उल्लेख गरेका हुन् । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने काम भएको भन्दै उनले आपत्ति जनाएका हुन । प्रधानमन्त्री दाहालले एनसेल शेयर बिक्रीप् प्रकरणबारे मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिएका थिए । समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुलउपर गर्न सरकारलाई निर्देशन दिएको थियो । लेखा समितिले सो विषय आफ्नो कार्यक्षेत्रमा पर्ने बताउदै आएको छ । यो विषयमा यसअघि अर्थ समितिले पनि छलफल गरेको थियो ।
प्रतिक्रिया