सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको नाम संसदीय सुनुवाइद्वारा अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । समितिको आज बसेको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो । न्याय परिषदले सर्वोच्चको न्यायाधिसमा सिफारिस गरेका सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम समितिले सुनुवाइ पछि अनुमोदन गरेको हो । यसअघि न्यायाधीसविरुद्ध परेका उजुरीमा समितिले छलफल गरेको थियो । न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 
 

प्रतिक्रिया