भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास बनाउन डेढ महिनामा २ अर्ब ३४ करोड निकासा
भूकम्प प्रभावित पाँच जिल्ला जाजरकोट, रुकुम पश्चिम, बाजुरा, सल्यान र बझाङ का लागि अस्थायी आवास बनाउन डेढ महिनामा २ अर्ब ३४ करोड रुपैयाँ निकासा भएको छ रु। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त रकम जिल्ला विपद् कोषमार्फत स्थानीय तहमा पठाएको हो । रकम अभाव हुन नदिन र समयमै अस्थायी आवास निर्माण टुंग्याउन भन्दै १० अर्ब रुपैयाँ अर्थ मन्त्रालयसँग मागिएको थियोरु। त्यसमा १ अर्ब रुपैयाँ उपलब्ध गराएको हो । यसअघि कोषले १ अर्ब ४१ करोड रुपैयाँ अस्थायी आवासकै लागि प्रभावित जिल्लामा पठाइसकेको थियो । अर्थ मन्त्रालयले पछिल्लो पटक १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै थप ९३ करोड रुपैयाँ भूकम्पपीडितका लागि पठाइएको छरु। अर्थले उपलब्ध गराएको रकमसहित जाजरकोटमा अस्थायी आवास निर्माणका लागि १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ पठाइसकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । जाजरकोटमा २५ सय वटा अस्थायी आवास निर्माण भइसकेको बताइएको छ । ६० हजार ३ सय ३७ लाभग्राहीमध्ये पुस २ सम्म १५ हजार २ सय ६६ जनाले मात्र पहिलो किस्ताका लागि सम्झौता गरेका छन रु। ४५ हजार ७१ जनाले अझै आवास निर्माणका लागि पैसा लिन सम्झौता गरेका छैनन । कोषमा पुगेको रकमबाट स्थानीय तहमा १ अर्ब १६ करोड ७७ लाख रुपैयाँ निकासा भएको छरु। पालिकाबाट लाभग्राहीको खातामा भने सोमबारसम्मको तथ्यांकअनुसार ३७ करोड ४१ लाख रुपैयाँ मात्र निकासा भएको प्राधिकरणले जनाएको छरु। रुकुम पश्चिममा लाभग्राहीको संख्या १७ हजार ४ सय ३४ रहेकामा १२ हजार ६ सय १८ जनाले अनुदान सम्झौता गरेका छन रु। यस जिल्लामा अर्थले पठाएको रकमसहित ८३ करोड ८३ लाख ५० हजार रुपैयाँ पठाइएको छरु। अहिलेसम्म स्थानीय तहको खातामा ३१ करोड ५४ लाख ५० हजार रुपैयाँ पठाइएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया