जनताले शासनको बागडोर एमालेलाई सुम्पिन चाहेका छन्: विष्णु पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली जनताले मुलुकको शासनको बागडोर एमालेलाई सुम्पिन चाहेको बताएका छन । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा जनताले भोगेका सबै समस्याको समाधान गर्न पनि मुलुकको शासन सत्ता एमालेले लिनुपर्ने र त्यसको नेतृत्व पार्टी अध्यक्ष केपी ओलीले गनुपर्ने आम जनताको चाहना रहेको आफूहरुले पाएको उपाध्यक्ष पौडेलको दाबी छ । उपाध्यक्ष पौडेलले संकल्प यात्राको क्रममा पाएका सबै सुझावहरुलाई सूचिकृत गरेर एमालेले आगामी दिनमा अघि बढ्ने बताए ।
त्यस्तै नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताए । पार्टीको मध्य पहाडी लोकमार्ग यात्राको क्रममा प्राप्त तथ्यहरुको आधारमा सो खाका तयारी पारी सरकारलाई दिने एमालेको योजना रहेका उनले बताएका हुन ।
सचिव भट्टराईले मध्य पहाडी क्षेत्रको उद्यमशीलता, रोजगारी अभिवृद्धि गर्ने विषयमा पनि ठूलो व्यवहारिक ज्ञान प्राप्त भएको पनि बताए । यात्राको क्रममा मुलुकको सामाजिक सम्बन्धलाई बलियो बनाउने काम गरेको दाबी समेत उनको छ ।
प्रतिक्रिया