नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिवद्ध छः मन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिवद्ध रहेको बताएका छन । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको एशिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन सार्वजनिक कार्यक्तममा उनले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताएका हुन ।नेपालको आन्तरिक र वाह्य कारणले केही ढिलो जस्तो देखिएपनि नेपालले युवा लक्षित शिक्षा, सीपजस्ता कार्यक्रममा लगानी बढाउँदै गएकाले दिगो विकास लक्ष्य हासिल हुन सहज बन्दै गएको मन्त्री साउदको भनाइ छ ।
मन्त्री साउदले पछिल्लो समय जलवायु परिवर्तनको असर नेपालमा मानव विकास र भौतिक विकासमा बाधाको रुपमा देखिएको भन्दै चिन्ता प्रक्ट गरे । कार्यक्रममा संयुक्त, राष्ट्रिय संघ विकास कार्यक्रमको नेपाल प्रमुख आइसाने मेडागाङ्गोडा लावेले प्रतिवेदनले एशिया प्रशान्त क्षेत्रको समग्र विषयमा तथ्य सार्वजनिक गरेको बताए । यो प्रतिवेदनले यस क्षेत्रमा सरकारलाई नीति तथा कार्यक्रम बनाउन फरक ढंगले सोच्नुपर्ने अवस्था आएको आइसानेले बताए ।
प्रतिक्रिया