ट्रम्पले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा भाग लिन नपाउने अदालतको ठहर

अमेरिकाको सर्वोच्च अदालतले पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतिको निर्वाचनमा भाग लिन नपाउने ठहर गरेको छ ।अमेरिकी संविधानविरुद्ध विद्रोह गरेको अभियोगमा ट्रम्पलाई राष्ट्रपतिको निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको हो । अदालतले ट्रम्पलाई राष्ट्रपति पद धारण गर्न अयोग्य रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारको रुपमा स्विकारे चुनाव संहिताअन्तर्गतको गलत कार्य हुने उल्लेख गरेको छ । अदालतको फैसलाविरुद्ध ट्रम्पले अपील गर्ने तयारी गरेका छन् । यसअघि अरु राज्यहरुमा ट्रम्पलाई चुनावी दौडबाट निकाल्ने प्रयासहरु असफल भएका थिए । सन् २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणमा जिम्मेवार भएका कारण उहाँ चुनावमा भाग लिन नपाउने कोलोराडोको सर्वोच्च अदालतको निर्णयमा भनिएको छ । अमेरिकामा यसै हप्ता भएका सर्वेक्षणहरुले आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति जो वाइडेन भन्दा पूर्व राष्ट्रपति ट्रम्प बलिया दावेदार रहेका देखाएको छ । 

प्रतिक्रिया