शेयर बजारमा हरियाली, नेप्स ४५.९८ अंकले बढ्यो
शेयर बजारमा मंगलबार पनि हरियाली छाएको छ । मौद्रिक नीति पश्चात निरन्तर उकालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार ४५.९८ अंकले बढेर २१०६.४८ अंकमा उक्लिएको हो । गत साउनपछि नेप्से २१ माथि पुगेको यो पहिलो पटक हो । आज १३ वटै उपसूचक धनात्मक हुँदा हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा बढी ६.९४ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ४.७४ प्रतिशतले बढेको छ । आज ३ सय १३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार कित्ता सेयर ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँमा किनबेच भएको छ । आज ९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल रिपब्लिका मिडिया, बोटलर्स नेपाल (बालाजु), मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नत सहकार्य लघुवित्र वित्तीय संस्था, शिभम् सिमेन्ट लगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट, सोल्टी होटल, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट र घोराही सिमेन्ट अगाडि रहे ।
प्रतिक्रिया