प्रदेश खारेज गरी नगर,गाउँपालिकामा खर्च पठाउनुपर्छ: चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन । आज बुटवलमा सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभइ नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताएका हुन । अध्यक्ष केसीले प्रदेश खारेज गरी प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्ने बताए ।
अध्यक्ष केसीले संघीयताका कारणले ८ सय ८४ जना सांसद र १ सय ३८ जना मन्त्रीहरु पाल्नुपरेको दाबी समेत गरे । सरकारले सेना, प्रहरीको तलव र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेलामा यति धेरै सांसद र मन्त्रीहरुलाई कसरी पाल्न सक्छ भन्ने उनको प्रश्न थियो । संघीयता काम नलाग्ने रहेछ भन्नेकुरा सबैले अहिले महशुस गर्न थालेको पनि अध्यक्ष केसीले बताए । नेपालमा लोकतान्त्रिक गणतन्त्रको भने विकल्प नरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया