भारतले प्याज निर्यातमा प्रतिबन्ध गरेपछि चीनबाट आयात सुरु

भारतले प्याजको निर्यातमा प्रतिबन्ध गरेपछि व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका छन् । नेपालमा प्याज आयातको मुख्य बजार भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो । भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट प्याजको आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघले जनाएको छ । चीनको केरुङबाट नेपालका लागि आयात सुरु गरिएको र पहिलो खेपको १ सय टन प्याज आउने क्रममा रहेको छ । भारतको प्रतिबन्धपछि बजारमा प्याजको मुख्य आकाशिएको छ । यसअघि प्रतिकिलो १ सय रुपैयाँ खुद्रामा पाइने प्याजको मूल्य बढेर २ सय रुपैयाँसम्म पुगेको छ । चीनवाट आयात सुरु भएपछि अहिले कालिमाटी बजारमा प्याजको मूल्य औसत १ सय ४० रुपैयाँ थोकमा बिक्री भइरहेको बजार विकास समितिले जनाएको छ । उक्त प्याजको खुद्रा बजार मूल्य १ सय ७० रुपैयाँ हाराहारी छ । 

प्रतिक्रिया