श्रीलंकाका विदेशमन्त्री अली साब्री बुधबार नेपाल आउने

श्रीलंकाका विदेशमन्त्री अली साब्री बुधबार नेपाल आउने भएका छन् । उनी नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौँ आउन लागेका हुन् । परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन लागेको श्रीलङ्काको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ  । बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसमेत हुने कार्यक्रम छ । श्रीलंकाली विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् । उनी तीन दिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।। 

प्रतिक्रिया