मालढुंगा बेनी सडक स्तरोन्नतिको काम ठप्प हुँदा यात्रा जोखिमपुर्ण

राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनामा पर्ने  पर्वतको मालढुंगा बेनी सडक स्तरोन्नतिको काम ठप्प भएको छ । सम्झौता अवधि नाघिसक्दा समेत जम्मा ४२ प्रतिशत मात्र प्रगति भएको उक्त सडक खण्ड निर्माण सामाग्रीको अभाव देखाउँदै निर्माण ब्यवसायीले सडक ठप्प पारेका हुन । समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौ यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन । आसपासका व्यापारीहरु समेत धुलो र धुँवाका कारण मारमा छन । 
सडकको धेरै क्षेत्र जलजला गाउँ पालिकाका विभिन्न वडामा पर्ने हुँदा आँफुहरु सडक निर्माण गराउन लागि परिहेको स्थानीय तहले जनाएको छ । निर्माण सामाग्री अभावले पनि समस्या भएको छ । 
१३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले  ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएपनि अहिलेसम्म आधा काम पनि भएको छैन । 

प्रतिक्रिया