चीनमा गएको भूकम्पका कारण कम्तीमा १११ जनाको मृत्यु

उत्तरपश्चिम चीनमा गएको भूकम्पका कारण कम्तीमा १ सय ११ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा गएराति ११ बजेर ५९ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पमा परेर दुई सय भन्दा धेरै घाईते भएका छन । भूकम्पका कारण २ सय २० जना घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । भूकम्पमा परेकाहरुको विहानैदेखि उद्दार थालिएको छ । केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको जनाएको छ । भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ । गान्सुसँगै छिमेकी प्रान्तमा पनि भूकम्पको प्रभाव परेको छ । गान्सुमा पनि धेरै घरहरु भत्किएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले भूकम्प ५ दशमलव ९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ । गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो । 

प्रतिक्रिया