अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने प्रतिबद्धता जनाएका छन् । दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबण्डाको अन्त्य गर्नेसमेत घोषणा गरेका छन् । नेपालमा आधारभुत शिक्षामात्र निःशुल्क नभइ विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा सरकारले काम गरिरहेको उनको भनाइ थियो । आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने भन्दै प्रधानमन्त्री दाहालले उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकल सुधार गर्दै लगिएको बताए । विद्यार्थीलाई विश्वबजारमा अब्बल प्रमाणित गर्नसक्ने बनाउनु त्रिभुवन विश्वविद्यालयको आजको चुनौति रहेको पनि उनले बताए ।।
प्रतिक्रिया