नेपाली समाजको एकता र समानता लागू हुने क्रममा छः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विधिधतायुक्त नेपाली समाजको एकताका लागि महत्वपूर्ण रहेको बताएका छन । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले जनताको ठूलो दुःख र त्याग पश्चात यो शासन व्यवस्था आएको र यसले नेपाली समाजको एकता र समानता लागू गर्ने क्रममा रहेको बताएका हुन । राष्ट्रपति पौडेलले विश्वविद्यालयबाट दीक्षित भएकाहरुसँग जनताको र राष्ट्रको भाग्य र भविष्य पनि जोडिएकाले सोही अनुसारको काम गर्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि शिक्षित युवाहरुले कार्बन उत्सर्जनको कामलाई न्युनिकरण गर्दै लैजान नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबण्डाको अन्त्य गर्नेसमेत घोषणा गरेका हुन । नेपालमा आधारभुत शिक्षामात्र निःशुल्क नभइ विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा सरकारले काम गरिरहेको उनको भनाइ थियो । आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने भन्दै प्रधानमन्त्री दाहालले उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकल सुधार गर्दै लगिएको बताए । विद्यार्थीलाई विश्वबजारमा अब्बल प्रमाणित गर्नसक्ने बनाउनु त्रिभुवन विश्वविद्यालयको आजको चुनौति रहेको पनि उनले बताए ।
माओवादीले स्थानीय जनप्रतिनिधिलाई समाजवादबारे प्रशिक्षण दिने
‘संविधान संशोधन आवश्यक’

रोलरको ठक्करबाट एक जनाको मृत्यु
करिब १७ प्रतिशत जापानी नागरिकले राहदानी लिए

एपी ‘कट्टर वामपन्थी सङ्गठन’ भएको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप

प्रतिक्रिया