नेत्रविक्रम लगायतका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा समाजवादी मोचाको आपत्ति

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायतका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा समाजवादी मोर्चा नेपालले आपत्ति जनाएको छ । मोर्चाका संयोजक माधव नेपालले आज एक विज्ञप्ति जारी गर्दै यस विषयमा मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । अध्यक्ष नेपालले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरेका छन् । मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागिसरकार र नेकपाबिच भएकोसम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्नपनि नेपालले सरकारको ध्यानाकर्षण गराएका छन । चन्द लगायतका  विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ  । चन्द सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया