यातायातमन्त्रीको दाबीः काठमाडौं उपत्यकामा अहिले खाल्डाखुल्डी छैनन्

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका सडक अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरे । ललितपुरको महानगरपालिकाको १०५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले काठमाडौं उपत्यकालाई धुलो रहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरामा आफू सहकार्य गर्न तयार रहेको बताए । बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले प्रदेश र उपत्यकाका महानगरविच क्षेत्राधिकार विवाद देखिएको भन्दै असन्तुष्टि जनाए । 

प्रतिक्रिया