फोहोर व्यवस्थापनको कानूनी अड्चन हटाउन सरकारलाई बालेन साहको आग्रह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानूनको बाधा अड्चन फुकाइदिन आग्रह गरेका छन् । 
ललितपुरको महानगरपालिकाको १०५ औँ स्थापना दिवसलाई सम्बोधन गद प्रमुख शाहले काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न पनि आग्रह गरे । ललतिपुर महानगर प्रमुख चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनको प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताए । 
प्रमुख महर्जनले दीर्घकालीन रुपमा काठमाडौं उपत्यकाको फोहोर चाँडो व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गरे । महानगर  उपप्रमुख मञ्जली शाक्यले संघीय सरकारले आवश्यक कानुन नबनाउँदा स्थानीय तहमा कर्मचारी नियुक्त गर्न समस्या भएको गुनासो गरिन ।  ललितपुरको स्थापना १९७५ पुस २ गते छेमडोल अड्डा नामबाट भएको थियो । 

प्रतिक्रिया