भीड व्यवस्थापनका लागि काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली शुरु

काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली शुरुवात गरेको छ । आजबाट जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको शुरुवात गरेको जनाएको हो । अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको शुरुवात गरेको बताईएको छ । 
काठमाडौं जिल्ला अदालतले प्रविधिमैत्री अदालत बनाउनुपर्छ योजनाअनुसार आफूहरु अघि बढेको जनाएको छ । प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने सरोकारवालाको भनाइ छ । अबबाट उभिएर सेवा लिनुपर्ने असहजता टोकन प्रणालीसँगै हटने विश्वास छ । 

प्रतिक्रिया