पूर्वराजा ज्ञानेन्द्र शाहले मध्य र पश्चिम नेपालको भ्रमण गर्ने

आगामी हप्ता रुपन्देहीको भैरहवा जाने

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन् । नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरूको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरहवा जाने भएका हुन । पूर्व राजा शाहको सचिवालयका अनुसार उनकी पत्नी कोमल शाह पनि भ्रमणमा सहभागी हुुनेछिन । शाह पुस ८ गते आइतबार भैरहवा जाने तयारी छ । पूर्वराजाको भैरहवा बसाईको समय अझै यकिन भइसकेको छैन । केही साता भैरहवा बसेर उनी मध्य क्षेत्रको भ्रमण अन्तर्गत वीरगञ्जसम्म पुगेर फर्किने छन् । भ्रमणका क्रममा पूर्वराजाले आफ्नो शुभचिन्तकलाई भेटघाटन गर्नुका साथै केही धार्मिक स्थलको समेत अवलोकन गर्ने बताइएको छ । केही समयअघि पूर्वराजाले झापाको भ्रमण गरेका थिए । 

प्रतिक्रिया