श्रमिकका मुद्दा दलहरुले सम्बोधन नगरेको सरोकारवालाको गुनासो
बैदेशिक रोजगारमा जाने श्रमिकलाई मताधिकार दिन माग
बैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् । आज ललितपुरमा भएको वैदेशिक रोजगारीको उज्यालो र अध्याँरो पाटो विषयक सडक बहसमा सहभागीहरुले कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने मात्रै राजनीतिक पार्टीहरुले श्रमीकका मुद्दामा बोल्न शुरु गर्ने बताएका हुन । कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारीको रुपमा विभिन्न शहरमा गएर काम गर्नेहरुलाई मताधिकार दिएमात्रै राजनीतिक पार्टीहरुले उनीहरुका मुद्दा सुन्ने बताए ।
कार्यक्रममा रोजगार व्यवसायी राजेन्द्र भण्डारीले श्रमीकलाई सीपयुक्त बनाएर पठाउनसके थोरै संख्यामा गएर धेरै रेमिट्यान्स आउने बताए । विदेशमा गएका श्रमीकहरुबाट आएको रेमिट्यान्स रोजगारमुलक क्षेत्रमा लगाउन आवश्यक रहेको उनको भनाइ छ ।
व्यवसायीले रोजगार व्यवसायी भण्डारीले बाक्लो संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दुतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्ने र श्रमीकको सुरक्षित आप्रवासनको लागि जिम्मेवार हुनुपर्ने बताए ।
प्रतिक्रिया