राष्ट्रपति चुनावमा पुटिनले स्वतन्त्र उम्मेदवारी दिने

सत्तारुढ युनाइटेड रसिया पार्टीको समर्थन

आगामी मार्च महिनामा हुने रुसको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । रुसमा भएको एक कार्यक्रममा सत्ताधारी पार्टीका अध्यक्ष डिमित्री मेदभेदेभले पुटिनको स्वतन्त्र उमेदवारीलाई समर्थन गर्ने घोषणा गरेको हो । पुटिनको उम्मेदवारी रुसको सत्ताधारी दल युनाइटेड रसिया पार्टीले पनि साथ दिएको हो । पुटिनले पनि सत्ताधारी दलको समर्थनलाई स्वागत गरेका छन । रुसका विभिन्न सेलिब्रेटी, कलाकार, खेलाडीले पनि पुटिनको स्वतन्त्र उमेदवारीलाई यसअघि नै समर्थन गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । मार्चमा हुने राष्ट्रपतीय चुनावबाट फेरि पुटिन निर्वाचित हुने निश्चित जस्तै छ । त्यो सँगै पुटिन रुसको पाँच कार्यकाल राष्ट्रपति हुनेछन् ।
 

प्रतिक्रिया