कुवेतका अमिर शेखको निधनमा नेपाल सरकारले आज शोक मनाउने
कुवेतका अमिरको निधनमा नेपाल सरकारले आज शोक मनाउने निर्णय गरेको छ । अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा आज शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जुन दिन नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको मंसिर ३० गते ८६ वर्षको उमेरमा भएको थियो ।
प्रतिक्रिया