साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी आज सकिदै
साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी आज सकिदैछ । आज रामकलेवा विधिपश्चात साताव्यापी विवाह पञ्चमी समापन हुनेछ । जन्तीको रुपमा भगवान् रामको जन्मभूमि भारतको अयोध्या र अन्य स्थानबाट आएका साधु सन्तलाई भोज खुवाउने र दक्षिणासहित बिदाइ गर्नुलाई रामकलेवा विधि भनिन्छ । आज सामूहिक भोजका लागि जानकी मन्दिरमा ३६ व्यञ्जनको भोजको तयारी गरिएको छ । आज दिउसो जानकी मन्दिरमा वर पक्षलाई बेहुली पक्षले भोजन गराउने चलन चलन छ । रामकलेवाको क्रममा भारतबाट आएका साधु सन्तलाई जनकपुरकी महिलाहरुले गीतका माध्यमले गाली गर्नुका साथै मनोरञ्जन गराउने परम्परा रहेको छ । यसअघि जनकपुरस्थित जानकी मन्दिरमा वैदिक परम्परा अनुसार भगवान् राम र सिताबिच प्रतिकात्मक विवाह सम्पन्न भएको छ । गएराति त्रेता युगमा जस्तै राम र सिताको विवाह गरिदिएर विवाह पञ्चमी मनाइएको हो । विवाह समारोहमा लाखौँ श्रद्धालु सहभागी थिए ।
प्रतिक्रिया