एकीकृत समाजवादीको सचिवालय बैठक आजवाट सुरु
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु हुँदैछ । बैठक पार्टी कार्यालय आलोकनगर वानेश्वरमा दुई दिन चल्नेछ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ । सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताइएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो ।
प्रतिक्रिया