गाजाको शरणार्थी शिविरमा इजरायलको आक्रमण, नब्बे जनाको मृत्यु

तत्काल युद्धविराम नहुने नेतन्याहुको प्रस्टोक्ति

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजमा तत्काल युद्धविराम नहुने बताएका छन । शत्रुमाथि विजय हासिल गर्न र बन्धकहरूलाई मुक्त गर्न, हमासमाथि सैन्य दबाब दिन आवश्यक रहेको प्रधानमन्त्री नेतान्याहुको भनाइ छ । यसैबीच इजरायली सेना प्रमुख हर्जी हेलेवीले पनि हमासलाई हटाउन र बन्धकहरूलाई मुक्त गर्न जारी सैन्य कारबाही अन्त्य नहुने बताएका छन इजरायल–हमास युद्धमा ज्यान गुमाउने क्रम बढ्दै गएपछि युद्धविरामका लागि इजरायललाई अन्तर्राष्ट्रिय दबाब बढिरहेपनि इजरायलले त्यसलाई स्वीकार गरेको छैन । यसैविच इजरायलले गाजापट्टीको जबलिया शरणार्थी शिविरमा गरेको हवाइ आक्रमणमा परेर ९० जनाको मृत्यु भएको छ । आक्रमणमा सयभन्दा बढी घाइते भएका छन् ।जबलिया शहरको अल बार्श र अलवान परिवार रहने गरेको सो शिविरमा गरिएको हमलामा मारिनेमा महिला र बालबालिकाको संख्या अत्यधिक छ । आक्रमणपछि भग्नावशेषमा परिणत भएको सो शिविरमा केही फसेको आशंका गरिएपनि उद्धार कार्यमा कठिनाइ भएको छ । यता इजरायली सेनाले गाजाको चर्चभित्र रहेका दुई क्रिस्चियन महिलाहरुको पनि हत्या गरेका छन्न  । यसैगरी मध्य गाजाको दक्षिण क्षेत्रको रफाहमा गरेको हवाइ आक्रमणमा चार जनाको मृत्यु भएको छ ।गत अक्टोबर ७ देखि इजरायलले गाजापट्टीमा आक्रमण जारी राख्दा हालसम्म १९ हजार प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।। 
 

प्रतिक्रिया