राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग स्थापित गराउन सफल भएको राप्रपा अध्यक्ष लिङदेनको दाबी
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको दाबी गरेका छन । आजबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले नेपालमा राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनस्थापना र संघीयताको खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको बताएका हुन । अध्यक्ष लिङदेनले विगतमा निर्वाचनमा अपेक्षा अनुसार परिणाम हात नपारेपनि आफ्नो पार्टीले अग्रमगनको बाटो तय गर्दै अघि बढेको बताए ।
अध्यक्ष लिङ्देनले निर्वाचन आयोगसँग कडा प्रतिवाद गरेपछि पार्टीको विधानमा पनि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको मागलाई स्थापित गराउन सफलता हात परेको पनि बताए । निर्वाचनले पार्टीलाई नेपाली राजनीतिमा उपेक्षा गर्न नमिल्ने शक्तिको रुपमा स्थापित गराउने काम समेत भएको उनको भनाइ थियो । राप्रपाको बैठक आगामी पुस ३ गतेसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफलको एजेण्डा पेस गरेका छन । र्बठकमा महासचिवले सांगठानिक प्रतिवेदन तथा र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्दैछन् भने भूगोल केन्द्रित कार्यक्रमको समीक्षा र समूहगत छलफलबाट केन्द्रीय समितिले भावी कार्यक्रम र एजेण्डा तय गर्नेछ ।
प्रतिक्रिया