वाणिज्य बैंकहरूल निक्षेपको ब्याजदर घटाए

वाणिज्य बैंकहरूले आजदेखि निक्षेपको ब्याजदर घटाएका छन । लगानीयोग्य पुँजी थुप्रिन थालेपछि बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर तोकेका हुन् । प्राइम कमर्सियल बैंकबाहेक सबैले एक अंकको ब्याजदर कायम गरेका छन् । अब औसत ब्याजदर ८ दशमलब ९९ प्रतिशत कायम भएको छ । यसअघि औसत ब्याजदर १० दशमलब ३३ प्रतिशत थियो । एनआइसी एसिया बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर ८ दशमलब ६७ प्रतिशतमा झारेको छ । एनएमबिले ब्याजदर ९ प्रतिशत कायम गरेको छ भने नबिल बैंकको ब्याजदर ८ दशमलब ६ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलब ६१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९ दशमलब ५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ८.६ प्रतिशत र हिमालयन बैंकले ८ दशमलब ६० प्रतिशत ब्याजदर कायम गरेको छ । त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर ८ दशमलब ५६ प्रतिशत, कृषि विकास बैंकको ब्याजदर ९ दशमलब १२ प्रतिशत, एभरेस्ट बैंकको ८ प्रतिशत, नेपाल एसबिआई बैंकको ९ दशमलब ६ प्रतिशत, सिटिजन्सको ९ दशमलब ३५ प्रतिशत, कुमारीको ९ दशमलब ३१ प्रतिशत र लक्ष्मी सन्राइजको ९ प्रतिशत तोकेको छ । सिद्धार्थ बैंकले ९ दशमलब २५ प्रतिशत ब्याजदर कायम गरेको छ भने प्राइमले भने १० प्रतिशत तोकेको छ । अर्को बैंक माछापुच्छ्रेको ब्याजदर ९ दशमलब ६ प्रतिशत कायम गरिएको छ । 
 

प्रतिक्रिया