घोराहिको तुलसीपुर चौकमा टायर बालेर आन्दोलन

दाङमा टिपरको ठक्करबाट ज्यान गुमाएका दुई युवाका आफन्तले न्याय नपाएको भन्दै घोराहिको तुलसीपुर चौकमा आज बिहानैदेखि सडकमा टायर बालेर आन्दोलनमा उत्रिएका  छन् । रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई रा १ क १३०७ नम्बरको टिपरले ठक्कर दिदा प्युठानको झिमरुकका विशाल जिसी र नौबहिनीका सागर केसीको मृत्यु भएको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन । राहत र दोषीलाई कारबाहीको माग गर्दै सडक अबरुद्ध गरेपछि प्रदर्शनमा सहभागी १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपर व्यवसायी र पीडित पक्षबीच शनिबार दिनभर भएको वार्तामा टिपर व्यवसायी समितिले अवहेलना गर्दै पाँच–पाँच लाख बिमा वापतको रकम र किरिया खर्च बापत पचास हजार रुपैयाँ मात्रै दिने भनेपछि पिडित आक्रोशित भएका हुन । तुलसीपुरबाट घोराही जाँदै गरेको टिपरले दुई युवक सवार  मोटरसाईकललाई घोराही १० झारबैरा चोकमा शुक्रबार राति १०  बजेतिर ठक्कर दिएको थियो । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक रोल्पा रुन्टीगढी  ९ का  वर्ष २६ का ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
 

प्रतिक्रिया