राष्ट्रिय झण्डा दिवसका अबसरमा बसन्तपुरमा ¥याली
छैटौं राष्ट्रिय झण्डा दिवस आज मनाइएको छ राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट ¥याली समेत निकालेको थियो । २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले जनाएको छ ।
झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान शुरु गरेको प्रतिस्ठानले जनाएको छ । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।
प्रतिक्रिया