सीता र रामको पूजागरि आज विवाह पञ्चमी भव्य रुपमा मनाइदै
आज मङ्सिर शुक्ल पञ्चमी अर्थात् विवाहपञ्चमी, प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा धुमधामसँग मनाइँदैछरु। त्रेता युगमा मङ्सिरशुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिलाको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाउने गरिन्छरु। आज राम र सीताको डोला बीचमा स्वयंवर र राति जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने हुनेछ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ भक्तजन आइपुगेका छनरु। िहरेक वर्ष मंसिरशुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छरु। विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाहपञ्चमी महोत्सव समापन गरिन्छरु। स्वयम्बर र बिवाह हेर्न श्रद्धालु भक्तजनले जनकपरधाम खचाखच भरिएको छ । विवाह पञ्चमीका अबसरमा आज मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया