प्रमुख प्रतिपक्ष  एमालेको अठार दिने समृद्धि संकल्प यात्रा आज सकिदै

नेकपा एमालेले १८ दिन दिनअघि मध्यपहाडी राजमार्गमा सुरु गरेको समृद्धि संकल्प यात्राको आज सकिदैछन । अन्तिम दिन आज पाँचथरको चिवाभञ्ज्याङमा विशेष कार्यक्रम हुँदैछ । अभियान समापनमा एमाले अध्यक्ष केपी ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम छ । यात्रा टोली भोली बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ ।सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नाराका साथ मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न मंसिर १४ गतेबाट एमालेले झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको थियो । अभियानका क्रममा एमालेले मध्यपहाडी राजमार्गमा भित्रका २६ र त्यस बाहिरका चारवटा गरेर ३० वटा जिल्लाका जनतासँग एमालेले संवाद गरेको छ । साथजै मध्यपहाडी राजमार्गले नछुने गुल्मी, सुर्खेत, सल्यान र दोलखामा पनि कार्यक्रम भएको छ । 

प्रतिक्रिया