सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठक तेस्रो पटकलाई स¥यो
काठमाडौ । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पुस १६ गतेदेखि १९ गतेसम्मका लागि तय महासमिति बैठक आगामी फागुन ७ गतेदेखि १० गते गर्ने निर्णय गरेको हो । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ गतेसम्म महासमिति बैठक गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो । राष्ट्रिय सभा निर्वाचनका कारण बैठक सारिएको कांग्रेसले जनाएको छ । साथै बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्थाहरु महासमितिमा सिफारिस गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले भूकम्प पीडितलाई घोषणा गरिएको ५० हजार रुपैयाँ दिन अझै नसकेकोबारे सरकारको ध्यानार्षण गराउने र अस्थायी टहरा निर्माणका लागि दबाब दिने निर्णय पनि गरेको छ । कांग्रेसले बारामा शिक्षकहरुको शान्तिपूर्ण धर्नामा भएको घटनाको भत्र्सना गर्दै तत्काल दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न माग पनि गरेको छ ।
प्रतिक्रिया