फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम रहेको काठमाडौं महानगरपालिकाको भनाइ

काठमाडौ । काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न महानगर आफैँ सक्षम रहेको जनाएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेको दाबी गरेका हुन् । उनले उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्नेकुरा गलत रहेको समेत बताए । प्रवक्ता मानन्धरले फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्युनिकरण गर्नेतिर महानगरले काम गरिरहेको पनि स्पष्ट पारे । 
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र सो अवधिमा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गरेका थिए ।

प्रतिक्रिया