चिसो र झाडापखालाका कारण दर्जनौँ भूकम्पपीडितले ज्यान गुमाउँदै
काठमाडौ । चिसो र झाडापखालाका कारण जाजरकोट र रुकुम पश्चिमका ३४ जना भूकम्पपीडितको ज्यान गएको छ। जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पपछि खुला आकाशमुनि रात बिताउन बाध्य पीडितहरूमध्ये जाजरकोटका २९ र रुकुम पश्चिमका ५ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ महिने शिशुदेखि ८९ वर्षीया वृद्धासमेत रहेका छन् । चिसोका कारण भूकम्पपीडित धमाधम बिरामी पर्न थालेपछि मृत्यु हुनेको संख्या बढ्दै गएको हो । चिसोका कारण दैनिक सयौँ सर्वसाधारण स्थानीय अस्पतालहरुमा पुग्ने गरेका छन् । अस्पताल आउने धेरैजसोमा झाडापखाला, निमोनिया, रुघाखोकी लगायतका समस्या देखिने गरेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया