युक्रेनका लागि हङ्गेरीले रोकेको ५० अर्ब युरो सहायता अवरोध हटाउने युरोपेली आयोगको प्रतिबद्धता

काठमाडौ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले युक्रेनका लागि हङ्गेरीले रोकेको ५० अर्ब युरो सहायताको अवरोध हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आउँदो शिखर सम्मेलनमा सहायता प्याकेजको अवरोध हटाउन उपायहरुको खोजी गर्ने बताए ।  ब्रसेल्समा ईयू नेताहरुसँगको भेटपछि प्रमुख लेयेनले अबको दोस्रो हप्ता अर्थात् अर्को वर्षको शुरुमै हुने शिखर सम्मेलनमा जे भए पनि आफूहरूसँग अवरोधलाई पन्छ्याउने उपाय हुने सार्वजनिक गरेको बीबीसीले जनाएको छ । हङ्गेरीले भिटो अर्थात् विशेषाधिकार प्रयोग गर्दै युक्रेनको सहायता रोकेको छ । रुससँगको लडाइँमा युक्रेन ईयू र अमेरिकाको आर्थिक सहायतामा निर्भर छ । हङ्गेरीको रुससँग निकट सम्बन्ध छ । उसले लामो समयदेखि युक्रेनको ईयू सदस्यताबारे विरोध जनाए पनि त्यसलाई लिएर भिटो प्रयोग गरेको छैन ।
 

प्रतिक्रिया