राजतन्त्र र नयाँ दलप्रति जनता आकर्षित नरहेको एमाले नेता गुरुङको दाबी
काठमाडौ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन् । शनिवार पार्टी अध्यक्ष केपी ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा संचारकर्मीसँगको कुराकानीमा उपमहासचिव गुरुङले झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको दावी गरेका हुन् । उनले यात्राका क्रममा एमालेप्रति जनताको आकर्षण अत्याधिक रहेको पाएको पनि दाबी गरे । गुरुङले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको जिकिर समेत गरे ।
उपमहासचिव गुरुङले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको आरोप लगाए । एमाले पहिचानबिरोधी नभएको बारे निर्वाचन प्रणाली समावेशी बनाएकोबाटै प्रष्ट हुने उनको भनाइ छ ।
प्रतिक्रिया