काठमाडौँ महानगरले आज २९ औँ महानगर दिवस मनाउँदै

काठमाडौँ महानगरपालिकाले आज २९औँ महानगर दिवस मनाउँदै छ।  २९ वर्षअघि २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकाबाट महानगर स्थापना भएको थियो । दिवसका अबसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा विशेष समारोह हुँदैछ । मुलुकमा रहेका ६ वटा महानगरमध्ये काठमाडौँ महानगरपालिका सबैभन्दा पुरानो र जनसंख्याका आधारमा सबैभन्दा ठूलो महानगर हो । काठमाडौँ सहरलाई व्यवस्थित बनाउने उद्देश्यले राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९७६ सालमा सफाइ अड्डाका रूपमा यसको स्थापना गरेका थिए । २०१० मा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा काठमाडौँ म्युनिसिपालिटीको नाम परिवर्तन गरी काठमाडौँ नगरपालिका बनाएका थिए । 
 

प्रतिक्रिया