१० जेहेन्दार विद्यार्थीलाई मनास्लुले निशुल्क पढाइदिने
चाबहिलको चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेज र शंखरापुर नगरपालिका बिच द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।शंखरापुर नगरपालिका भित्रका अधिकतम दश जना विद्यार्थीहरु छात्रवृत्ति सहुलियतमा प्लस टु को अध्ययनको अवसर प्रदान र शैक्षिक उन्नयन कार्यहरुमा मनास्लु वर्ल्ड कलेजको सहभागीता रहने बिषयमा द्वीपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ ।
शंखरापुर नगरपालिकाको नगर सभाहलमा नगर प्रमुख रमेश नापित , वडा अध्यक्षहरु , प्रशासकीय प्रमुख साथैमनास्लु वर्ल्ड कलेजका तर्फबाट अध्यक्ष गेन्द्र लामा,फाइनान्स डि रेक्टर मीन कुमार मोक्तान लगाएत अन्य जिम्मेवार व्यक्तको उपस्थिति थियो ।
शंखरापुर नगरपालिका भित्र शैक्षिक स्तर अभिबृद्धि गर्न शिक्षक तालिम एबम विद्यार्थी परामर्श कार्यक्रम संचालन गर्न मनास्लु वर्ल्ड कलेजले गतिविधि अगाडि बढाउने छ ।
कार्यक्रममा मनास्लु वर्ल्ड कलेजबाट उपस्थित प्रतिनिधिहरुलाई नगर प्रमुख रमेश नापितले खाँदा तथा मायाको चिनो प्रदान गरेका थिए । मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले मनास्लु वर्ल्ड कलेजको बारेमा जानकारी गराउदै कलेजको लक्ष उदेश्यका बारेमा प्रष्ट पार्दै मनास्लु वर्ल्ड कलेज ISO प्रमाणित कलेज भएका कारण गुणस्तरीय शिक्षाको हव बनेको बताए ।
प्रतिक्रिया