समय सापेक्ष श्रमिकहरुको सीप विकास गराउन आवश्यक: अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले समय सापेक्ष श्रमिकहरुको सीप विकास गराउन आवश्यक रहेको बताएका छन् । बिहीवार ललितपुरमा भएको श्रमिक र उद्योग व्यवसायको सम्बन्ध विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले पछिल्लो समय विकास भएका नयाँ–नयाँ प्रविधिको प्रयोग गर्नसक्ने श्रमिक बनाउन राज्यले लगानी गर्न आवश्यक रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिइरहेको बताएका हुन् । उनले नयाँ प्रविधिअनुसार श्रमिकहरुको सीप विकास भए मात्रै उद्योग व्यवसायमा लागत कम हुनुका साथै उत्पादन क्षमता र श्रमिकहरुको तलवमान बृद्धि हुने स्पष्ट पारे । उनले उत्पादन वृद्धिका लागि नयाँ प्रविधिहरुको प्रयोग गर्न नेपाली उद्योगी व्यवसायीलाई आग्रह गरे ।
अर्थमन्त्री महतले ट्रेड युनियनहरुको नेतृत्वमा श्रमिकहरुको सीप विकास गरी क्षमता बढाउन लाग्नुपर्नेमा जोड समेत दिए । उनले नेपालको अर्थतन्त्रमा देखिएका सबै खालका समस्याहरु बिस्तारै हल हुँदै गएको दाबी पनि गरे ।
प्रतिक्रिया