सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढ्यो
नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार हुँदैछ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार २५० रुपैयाँ निर्धारण भएको छ । लगातार ४ दिन घटेको सुनको भाउ आज भने बढेको हो । यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार सुनको भाउ क्रमशः प्रतितोला १३ सय, ५ सय र ७ सय र ३ सय रुपैयाँले घटेको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३१.५३ डलरमा र चाँदी प्रतिऔंस २३.८२ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया