ग्लोवल आईएमई बैंकले नौ प्रतिशत लाभाश वितरण गर्ने

ग्लोवल आईएमई बैंकले नौ प्रतिशत लाभाश वितरण गर्ने भएको छ । आज बैंकको १७ आंै वार्षिक साधारण सभामा अध्यक्ष चन्द्र ढकालले बैंकले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गरेका हुन । उनले ग्रामिण क्षेत्रमा बैंकको पहँुच पु¥याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने समेत बताए । 
ग्लोवल आईएमई बैंकलेआर्थिक वर्ष २०७९÷०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको साधारण सभामा जानकारी दिइयो । मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको छ । गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब  र कर्जा ३ खर्ब ७४ अर्ब रहेको छ ।  बैंकले पहिलो त्रैमासमा १ अर्ब २२ करोड बढी मुनाफा कमाएको छ भने  । कोरियामा बैंकको शाखा खोल्न प्रयास गरिरहेको छ । बैंकले ३ सय ५५ वटा शाखा,राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेटमार्फत सेवा दिदै आएको छ । 
 

प्रतिक्रिया