सरकारको कामकारबाहीले कांग्रेस नेताहरु नै आजित भैसके: ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरु आजित भएको बताएका छन । आज महाकाली—मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सत्तामा रहेका काँग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरेका हुन । अध्यक्ष ओलीले देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने बताए ।
अध्यक्ष ओलीले काँग्रेसका नेताहरु अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गरे । मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको उनको भनाइ थियो । अध्यक्ष ओलीले दिनदिनै देश ओरालो लागिरहेको जिकिर पनि गरे ।
प्रतिक्रिया