भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै मूल्य आकाशियो
भारतले नेपालमा प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै मूल्य आकाशिएको छ । अभावकै विच भारतले अघिल्लो शनिवारदेखि निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा बजारमा प्याजको भाउ बढेको हो । प्याजको अभाव भएसँगै व्यापारीले आफू खुशी मूल्य तोक्न थालेको गुनासो उपभोक्ताले गर्न थालेका छन । उपभोक्ताले प्याज किलोको १ सय ७० रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन । थोक मूल्यमै प्याजको भाउ किलोको १ सय ५० रुपैयाँसम्म पुगेको व्यापारीको भनाइ छ । नेपालमान खपत हुने प्याज अधिकांश भारतवाट आउने हुँदा उपभोक्ता मारमा परेकमा छन ।
प्रतिक्रिया